८ वैशाख २०८१ शनिबार
समाज

अष्ट्रियामा नेपाली महिलाद्वारा तीन सन्तानको हत्या

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेकी छन्। अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेर पुलिसलाई खबर गरेकी थिएन्।  

घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले नागरिक न्यूजलाई बताए। 'प्रहरीले ति महिला नेपाली भएको बताएको छ', उनले भने, 'हामी प्रहरीको सम्पर्कमा छौं।'

आफ्नै आमाले हत्या गरेका तीन छोरीको उमेर उमेर ८ महिना, नौं वर्ष र तीन वर्ष रहेको छ। 

प्रहरीले महिलाको परिचय खुलाएको भने छैन।  हत्या पछि ती महिलाले आत्महत्याको प्रयास गरेकी थिइन्।

ती महिलाले अष्ट्रियाको समय अनुसार शनिबार बिहान ५ बजे र २० मिनेटमा प्रहरीलाई आफैले खबर गरेकी थिइन्।  

प्रहरी घटनास्थलमा पुग्दा ९ वर्षिया एक बालिका जिवित नै रहेको तर पछि अस्पतालमा लगे पछि निधन भएको बताएको छ। महिलाका श्रीमान पनि अष्ट्रियामा नै बस्दै आएका छन्। घटनाको बारेमा विस्तृत जानकारी आउन बाँकी छ। प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ। हत्याको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताए छ।

 

 

प्रकाशित: १ कार्तिक २०७७ १४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App