१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एकै दिन तीन सङ्क्रमितको मृत्यु

चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको हो।  

मृतक मध्ये दुई जना चितवनका र एक जना रौतहटका रहेका छन्। भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण वडा नम्बर ७ की ७० वर्षीया महिलाको आज विहान ९ः२५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। गत असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई ती महिला आइसोलेसनमा भर्ना भएकी थिइन्। असोज २८ गते सङ्क्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन्।

यस्तै आजै भरतपुर अस्पतालमा एक जनप्रतिनिधिको निधन भएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका १२ का नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य कोरोना सङ्क्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो।  

चितवन मेडिकल कलेज भरतपुरमा खैरहनी नगरपालिका वडा नम्बर ६ की ६८ वर्षीया सङ्क्रमित महिलाको पनि आज विहान मृत्यु भएको छ। कोभिड सघन उपचार कक्षमा उपचाररत ती महिलाको विहान मृत्यु भएको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए। रासस

प्रकाशित: १ कार्तिक २०७७ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App