१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आइतबारदेखि सुनसरीमा जोरविजोर प्रणाली लागू हुने

आइतबारदेखि सुनसरी जिल्लामा छोटो दूरीको यात्रुवाहक सवारीसाधनहरु जोरविजोर प्रणाली लागू हुने भएको छ।

सुनसरीस्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर(डिसिसिएमसि)को बैठकले आइतबारदेखि जिल्लामा छोटो दूरीको सवारीमा जोरविजोर लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुनसरीमा छोटो दूरीका बस, कार, जिप, म्याजिक, टेम्पो, माइक्रमे, इरिक्सा, मोटरसाइकलमा जोरविजोर लागू हुनेछ।  

हिजो शुक्रबारको निर्णय अनुसार सुनसरी जिल्ला भित्रिने लामो दूरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने पनि निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए। उनका अनुसार सुनसरी जिल्लाबाट छुट्ने लामो दूरीका यात्रुवाहक सवारीसाधानहरु पनि बिहान ७ बजेभित्र गन्तव्यतर्फ प्रस्थान गरिसक्नुपर्ने निर्णय भएको छ। ‘यसको व्यवस्थापन १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले गर्ने निर्णय भएको छ,’ प्रजिअ पोखरेलले भने।  

सोही बैठकले मुल सडक, बजार तथा बसपार्क क्षेत्रमा स्थानीय तहको अनुमतिमा सञ्चालन भएका बसपार्कमा कुनै पनि सवारी साधन पार्किगं गर्न नपाईने पनि निर्णय गरेको छ। फुटपाथ, गुद्री जस्ता स्थानमा हुने व्यापार व्यवसाय सञ्चालनमा स्थानीय तहको समन्वयमा पुर्णरुपमा रोक लगाउने बैठकले निर्णय गरेको पनि प्रजिअ पोखरेलले बताए।  

यस्तै, होम आइसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य निगरानी, स्वास्थ्य परामर्श र विरामीको आवश्यकता अनुसार अस्पताल पुर्याउने काममा स्थानीय तहबाट स्वास्थ्यकर्मी परिचालन गर्ने तथा टोलटोलमा जनचेतनामुलक कार्यक्रम स्थानीय तहले तीब्रगतिमा गर्ने पनि निर्णय भएको छ। यस्तै, सुनसरीमा कोरोना संक्रमण उच्च दरमा फैलिरहेकोले इनरुवा अस्पतालबाट प्रदेशको कोभिड अस्पताल, विराटनगर र गोठगाउँमा काजमा खटिएका स्वास्थ्यकर्मीलाई काजफिर्त गर्न सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने पनि निर्णय भएको जिल्ला प्रशासनले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०७७ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App