१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ५ जनाको मृत्यु, ४ सय ८१ कोरोना संक्रमित थपिए

क्याप्शन

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा ५ जनाको मृत्यु भएको छ। झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रदेशमा शनिबार ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ। मोरङमा १ सय ९५, सुनसरीमा १ सय ७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार विराटनगरमा १ सय २४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन््। मोरङको सुन्दरहरैँचा, उर्लाबारी र बुढीगंगामा १३–१३, बेलबारी र जहदामा ९–९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। सुनसरीको धरानमा १ सय ९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहबीमा २–२, बराहक्षेत्र र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

उता झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७–७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३,  शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १–१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको  खोटेहाङ र साकेलामा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ८३ पुगेको छ।  

प्रदेशमा शनिबार १ हजार ४ सय ५० जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ९९ महिला र २ सय ८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ४५ हजार ३ सय ८३ जनाको पिसिआर परीक्षण गरिएको र हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०७७ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App