४ वैशाख २०८१ मंगलबार
समाज

रुपन्देहीमा वनरक्षक घुससहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले शनिबार एकाविहानै घुस रकमसहित वनरक्षकलाई नियन्त्रण गरेको छ। सव डिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका  वनरक्षक प्रेमचन्द्र बिकलाई १२ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो।  

काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत भनी सेवाग्राहीसँग घूस माग गरेको सूचनाका आधारमा आज विहान बिहान ८ बजेर ५० मिनेटको समयमा सैनामैना ६ कलौनीचोकबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।  

नियन्त्रणमा लिएका विकबारे थप अनुसन्धान अघि बढाइएको अख्तियार बुटवल कार्यालयले जनाएको छ। यसअघि शुक्रबार इलाका प्रहरी कार्यालयमा कार्यरत हवल्दार र उनकी श्रीमतीलाई ४ लाख घुस रकम सहित पक्राउ गरेको थियो। 

प्रकाशित: १ कार्तिक २०७७ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App