१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खाल्डोमा डुबेको अवस्थामा बालकको शव फेला

मोरङको कटहरी गाउँपालिका–५ मा पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा शुक्रबार बालकको शव भेटिएको छ। घर नजिकै खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा विनोद सरदारका १० वर्षीय छोरा जितेस सरदारको शव फेला परेको हो।  

घरबाट निस्किएका बालक नफर्किएपछि खोजी गर्ने क्रममा आफन्त र स्थानीय बासिन्दाले दिउँसो ४ बजेतिर डुबेर मृत्यु भएको अवस्थामा बालकलाई भेटेका हुन्। बालकको शव पोस्टमार्टमका लागि अस्पताल पठाएर घटनाबारे अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले  जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७७ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App