१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भैरहवाको भिममा उपचाररत एक संक्रमितको मृत्यु

भैरहवाको भिम अस्पतलामा उपचाररत रुपन्देही कञ्चनका एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ। कञ्चन गाउँपालिका १ का ५५ वर्षे पुरुषको उपचारकै क्रममा बिहीबार दिउँसो मृत्यु भएको भिम अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले बताए।  

उच्च रक्तचाप र मिर्गौला रोग समेत भएका ती पुरुषको मंगलबार पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो। बुधबार राती उनलाई भिम अस्पतालमा भर्ना गरीएको थियो। यसअघि बिहीबारै अर्घाखाँची र बुटवलका दुई जना संक्रमितको मृत्यु भएको थियो।  

अर्घाखाँचीको भुमिकास्थान ९ का ७३ वर्षे पुरुषको बुटवलका अस्पतालमा आइसीयु बेड खाली नभएपछि दाङ लैजादै गर्दा आज बिहान बाटोमै मृत्यु भएको हो। बुटवलको कोरोना अस्पतालमा उपचाररत बुटवल उपमहानगर ७ की एक महिलाको पनि उपचारकै क्रममा बिहान मृत्यु भएको हो।

प्रकाशित: २९ आश्विन २०७७ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App