१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्दियामा थपिए १३ जना संक्रमित

सोमबा रबर्दियामा १३ जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा १३ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी गराए।  

तीन सय एक जनामा गरिएको परीक्षणमा बर्दियाका १३ जनालाई कोरोना संक्रमण देखिएको हो।  

संक्रमित १३ जनामध्ये बर्दियाको गुलरिया नगरपालिकाका ६ जना, बाँसगढी नगरपालिकाका ३ जना, बारबर्दिया नगरपालिकाका एक जना, गेरुवा गाउँपालिकाका २ जना र पाताभार स्वास्थ्यचौकीका एक जनालाई कोरोना संक्रमण देखिएको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ। जसमध्ये ९ जना पुरुष र ४ जना महिला संक्रमित छन्।

यो सँगै बर्दियामा कोरोना संक्रमितको कुल संख्या ८ सय ३२ भएको छ।

प्रकाशित: २६ आश्विन २०७७ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App