१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीका माग पुरा गर्न दबाब स्वरुप नेपालगन्जमा रिले अनशन

जिल्ला प्रशासन कार्यालय बाँकेको मुल गेटमा सुरु गरिएको रिले अनशन। तस्बिर: नागरिक

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा तथा उनले उठाएका माग पुरा गर्न दबाब दिँदै नेपालगन्जका नागरिक अगुवाले शनिबारबाट रिले अनसन सुरु गरेका छन्। नागरिक समाज बाँकेको संयोजनमा जिल्ला प्रशासन कार्यालयको मुल गेट बाँके अगाडि अनसन सुरु गरिएको हो। रिले अनसन अपरान्ह ५ बजेसम्म चल्ने अधिवक्ता विश्वजित तिवारीले जानकारी दिए। ‘सरकार डा. केसीको माग प्रति कत्तिपनि गम्भीर भएको देखिएन, त्यसकारण रिले अनशनमा बसेका हौं,’ उनले भने।

रिले अनशनमा सामाजिक अभियन्ता एवम् अधिवक्ताहरु बिश्वजित तिवारी, बलबहादुर चन्द र जगदम्बा पाठक तथा पत्रकार जयसिंह केसी, व्यवसायी ललितकुमार रौनियार र कृष्णादेवी पाण्डे सहभागी भएका छन्। डा. केसीको जीवन रक्षा र उनले उठाएका ६ बुँदे जायज माग पुरा गर्नुपर्ने दवाव स्वरुप अनसन सुरु गरिएको अधिवक्ता तिवारीले बताएका छन्।  

केसीको मागप्रति सरकार गम्भिर नभएको उनीहरुको आरोप छ। केसीले स्वास्थ्य क्षेत्रमा भएका बिकृती, विसंगती विरुद्ध पटक–पटक अनसन बस्दै आएपनि सरकार उनको माग पुरा गर्न गम्भिर नबनेको नागरिक समाजले जनाएको छ। केसीको माग पुरा नहुँदासम्म जिल्ला प्रशासन कार्यालय बाँके अगाडी हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म रिले अनशन जारी राख्ने नागरिक समाज बाँकेले जनाएको छ।

प्रकाशित: २४ आश्विन २०७७ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App