८ असार २०८१ शनिबार
image/svg+xml
समाज

'सरकारले डा. केसीको ज्यान लिने नियत राख्याे, शसक्त आन्दोलन गराैं'

डा. केसी पक्षको वाता टोलीको निष्कर्ष

फाइल तस्वीर

सरकारी वार्ता टोलीले अनसनरत डा. गोविन्द केसी पक्षसँग नजितामुखी वार्ता नचाहेको भन्दै डा. केसी पक्षीय वाता टोलीले थप शसक्त आन्दोलन गर्न अपील गरेको छ। सरकारले सलछामपूर्वक अनिश्चि कालसम्म वाता लम्ब्याएर डा. केसीको ज्यान जोखिममा राख्न चाहेको केसी पक्षीय वार्ता टोलीको निष्कर्ष छ।  

वार्ता टोलीले शनिवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ सरकारको यस्तो रवैयाविरुद्ध तथा डा. केसीको जीवन रक्षाका लागि थप शसक्त आन्दोलनका कार्यमक्रम ल्याउन विभिन्न संघसंस्था ताथा आम नागरिकलाई अपील गर्दछौं।’ यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार पनि सरकार हुने वार्ता टोलीले जानकारी दिएको छ।

सरकार र डा. केसी पक्षबीच शुक्रबार वार्ता भएको थियो । तर वार्तामा कुनै सहमति भएन । 

प्रकाशित: २४ आश्विन २०७७ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App