१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय सहयोगमा विद्यालय भवन

भारतीय सहयोगमा निर्मित कैलालीको टीकापुरस्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवन बिहीबार उद्घाटन गरिएको छ। भारत सरकारको तीन करोड तीन लाख रुपैयाँ आर्थिक सहयोगमा निर्मित भवनको भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा निर्माण गरिएको दुई तले भवनमा ११ वटा कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधा रहेको छ।

नवनिर्मित संरचनाले विद्यार्थीको सिकाइ प्रक्रियालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ। यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको छ। भारतले सुदूरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी देशभरमा हालसम्म चार सय २३ उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ। हाल धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा रहेको भारतीय दूतावासले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७७ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App