१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा सम्राट लामा पक्राउ

अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्।   मेरिल्याण्ड राज्यमा बैंक लुटपाट गर्दागर्दै ३० बर्षीय सम्राट लामा पक्राउ परेका हुन्। गेथसबर्गमा बैंक लुटपाट गर्दै गर्दा उनलाई पक्राउ गरेको मोन्टगोमरी काउन्टी प्रहरीले जनाएको छ।  

अमेरिकाबाट प्रकाशित नेपाली भाषाको खसोखास अनलाइनका अनुसार मंगलबार विहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए। कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए।

बैंक कर्मचारीले खबर पछि पुगेको प्रहरीले लामालाई बैंकबाटै पक्राउ गरेको हो। प्रहरीका अनुसार बैंकमा पुगेका लामाले सुरुमा आफु खाता खोल्न आएको बताएका थिए। त्यसपछि उनले चक्कु ताक्दै कर्मचारीलाई फोहोर फाल्ने झोलामा पैसा राख्न चेतावनी दिएका थिए। उनी कुन देशका हुन र अमेरिकामा कहाँ बस्छन् भन्ने प्रहरीले खुलाएको छैन।

 

प्रकाशित: २२ आश्विन २०७७ ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App