२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मगर संघद्वारा लुम्बिनी नामाकरणमा विरोध, मगरात लुम्बिनी राख्न माग

पत्रकार सम्मेलनमा सहभागीहरु ।

लुम्बिनी प्रदेश नामाकरण गरिएकोमा मगर सम्बन्ध संघसंस्थाले विरोध गरेका छन्। प्रदेशमा ४९ लाख जनसंख्यामध्ये ८ लाखको हाराहारीमा जनसख्या रहेको मगर समुदायको पहिचानलाई नामेट पारेर धार्मिक आधारमा मात्रै लुम्बिनी नामाकरण गरेको भन्दै विरोध गरेका हुन्। नेपाल मगर संघ, मराग संयुक्त संघर्ष समितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि लुम्बिनीसँगै मानव पहिचान र सभ्यताको आधारमा मगरात लुम्बिनी प्रदेश नामाकरण गर्न माग गरेको छ।  

संघीयताको मर्म र भावना अनुसार मगरात भूमिमा पहिचानसहितको नामाकरण दिनुपर्ने संघको अडान छ। नेपालको विभिन्न आन्दोलनमा मगर समुदायले खेलेको भूमिका, राण शासनविरुद्धको आन्दोलन तथा ६२÷६३ को जनआन्दोलन, मधेश आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार नगर्न भनेको छ।

संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले मगरात कुनै जाती विशेषको मात्रै नभई यस नामले भूगोल र पहिचान दुवैको प्रतिनधित्वलाई आत्मसाथ गर्ने बताए। उनले मगरहरुको बाहुल्य भूमिलाई तीन प्रदेशमा विभाजन गरि कमजोर बनाइएको बताउँदै लुम्बिनी प्रदेशमा नामाकरणले पुनः आन्दोलीत बनाएको बताए। पत्रकार सम्मेलनमा मरागत संयुक्त सघर्ष समितिका संयोजक बोम दर्लामी मगरले आफूहरुको न्यायोचित माग पूरा नभए नयाँ शिराबाट एकिकृत मगरात स्वायत्त प्रदशे निर्माणका लागि आन्दोलन गर्ने बताए।

नेपाल मगर संघ, मगरात संयुक्त संघर्ष समिति, संयुक्त मगर मञ्च नेपालले विभिन्न समयमा मुख्यमन्त्री, सभामुख, मन्त्री तथा सांसद र राजनीतिक पार्टीहरुलाई मगरात प्रदेश नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो। त्यसैगरि मगरात प्रदेश नामाकरणका लागि ११ लाख भन्दा बढीको हस्ताक्षर संकलन गरेर समेत सरकार, राजनीतिक पार्टीहरुलाई बुझाएर दवाव दिएको नेपाल मगर संघ प्रदेश ५ का अध्यक्ष बिमल सारु मगरले बताए।

मगर संघले स्थायी राजधानीको बारेमा भने समर्थन र विरोध दुवै नरहेको बताएको छ। प्रदेश ५ को दुई तिहाई मतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ तोकेको छ।

प्रकाशित: २१ आश्विन २०७७ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App