९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

८१ वर्षीय वृद्ध कोरोना जितेर घर फिर्ता

ताप्लेजुङका ८१ वर्षीय कोरोना सङ्क्रमित एक वृद्ध उपचारपश्चात् निको भएर आज घर फर्केका छन्।      

जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेका उनी कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीलाई घर फर्काइएको अस्पतालका प्रमुख डा सोनिङ लामाले जानकारी दिए।      

दमको रोगबाट पीडित ती वृद्धलाई कोरोना पुष्टि भएपछि असोज ७ गते अस्पताल भर्ना गरिएको थियो। कोरोना रोग निको भएर घर फर्कनेमा ताप्लेजुङका फक्ताङलुङ निवासी रहेको बताइएको छ। रासस      

 

 

प्रकाशित: १९ आश्विन २०७७ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App