१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीलाई अक्सिजनको सपोर्ट

अनशनको २२ औं दिन

फाइल तस्बिर।

चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आइतबारदेखि श्वासप्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्न थालेको छ। विगत २१ दिनदेखि अनसन बसेका डा केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिइको छ। उनलाई अक्सिजनको सपोर्ट राखिएको र कुनै पनि बेला भेन्टिलेटरको आवश्यकता पर्न सक्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ।

उनका सहयोगी डा. तोसिमा कार्कीकाले डा. केसीको छाती दुख्ने र श्वास फेर्न गाह्रो हुनेलगायतका विभिन्न स्वास्थ्य समस्या देखिएको बताइन्। केसीलाई अक्सिजन अक्सिजन सपोर्टमा राखिएको बताउँदै उनले अरु बेला भन्दा एक्कासि धेरै छाती दुख्ने र श्वास फेर्न समस्या हुने भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको जनाइन्।

डा. केसीले आफूले राखेको माग र विगतमा भएको सम्झौता कार्यान्वय नभएसम्म शरीरका लागि अत्यावश्यक तत्व र औषधि नलिने अडान लिएका कारण उनको ज्यान जुनसुकै बेला तलमाथि हुनसक्ने अवस्था रहेको उपचारमा संलगन चिकित्सकको भनाइ छ।

सरकारले विगतको सहमति कार्यान्वयन र वार्ताका लागि औपचारिक पहल नगरको र मागसमेत बेवास्ता गरेका कारण डा. केसी सरकारसँग रुष्ट बनेका छन्।

केसीले त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पताल शड्ढयाबाट जस्तोसुकै अवस्थामा आफ्नो माग र विगतको सहमति पालना नगरे सरकारसमक्ष नझुक्ने अडान लिइदै आएका छन्। सरकारले मागको सुनुवाइ नगरेको स्वास्थय अवस्था जटिल बन्दै गएकोले अनशन तोड्न शुभेच्छुक र सहयोगीले आग्रह गर्दा पनि आफ्नो अडानमा यथावत छन्।

डा. केसीमा अनशनको एक हप्ता पछि नै जिउ गल्ने, चक्कर लाग्ने, धड्कन बढ्नेलगायतका मुटुमा समस्या देखिएको, चक्कर आइरहने, तथा मांशपेसीको दुखाइलगायतका लगायतका समस्या देखा पर्न थालेको थियो। अहिले रगतमा डब्लुबिसीको मात्रा कम भएको, सुगर कम भएको र पोटासियमलगायतका तत्व पनि कम देखिने थालेको अस्पतालले जनाएको छ।

सरकारले अनशनको बेवास्ता गर्दैं वार्ताका लागि पहल नगरको भन्दै विभिन्न समूह , चिकित्सकहरुले सडकमा उत्रन थालेको छन्। केसीको अनशनमा समर्थन जनाउँदै आवसीय चिकित्सकहरुले धर्नासमेत थालेका हुन्। तर सरकार भने उनको जीवन रक्षाका लागि कुनै चासो दिने पक्षमा छैन।

प्रकाशित: १९ आश्विन २०७७ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App