१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वच्छ र सुन्दर सहर बनाउन नगरप्रहरीको साइकल गस्ती

आफ्नो क्षेत्र स्वच्छ र सुन्दर बनाउने उद्देश्यले ललितपुर महानगरपालिकाले गल्लीगल्लीमा प्रहरी परिचालन गरेको छ।  फोहोर फ्याँक्नेको निगरानी गर्न हरेक दिन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म प्रहरीलाई साइकल गस्तीमा खटाउने गरिएको हो।  

गाडी लान नमिल्ने ठाउँमा साइकल छिटो पुग्ने भएकाले गत बुधबारदेखि साइकल गस्ती सञ्चालन गरिएको ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले जानकारी दिए।  सडक पेटीमा फोहोर, सुर्तीजन्य पदार्थ फाल्न तथा मादक पदार्थ र अश्लील देखिने होर्डिङ बोर्डसमेत राख्न निषेध गरिएको उनले बताए।  

‘प्रदूषणरहित सहर बनाउने उद्देश्यले दैनिक साइकल गस्ती गर्छाैं,’ हाछेंथुले नागरिकन्युजसँग भने, ‘यो सहरलाई सुन्दर बनाउन नगरबासीले पनि सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं।’

उनका अनुसार ललितपुर महानगरपालिकाले गस्तीका लागि साइकललगायत आवश्यक सामग्री उपलब्ध गराएको छ। ‘यो अत्यन्तै उदाहरणीय कामको सुरुवात भएको छ,’ उनले भने।  

साइकल गस्तीले महाननगरलाई सफा र स्वच्छ बनाउनाका साथै  विभिन्न विकृतिको अन्त्य गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ।  

गल्लीहरूमा गरिने फोहोर, अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्री, सडक अतिक्रमणजस्ता गतिविधि गर्नेलाई क्यामेरासहितका नगर प्रहरीले कारबाही गर्ने उनले बताए।  

प्रकाशित: १८ आश्विन २०७७ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App