डा अवस्थीका अनुसार हाल अस्पताल रहेको स्थान दशरथचन्द नगरपालिका(१ गोठालापानी आसपासका क्षेत्रमा आवश्यक जग्गा खोज्ने काम भइरहेको छ।
स्थानीय बासिन्दा धनबहादुर चन्दले दान गरेको १४ रोपनी जग्गामा रहेको अस्पतालका लागि थप ११ रोपनी जग्गा आवश्यक पर्ने बताइएको छ। अस्पतालकाको भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा खोज्न उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको नेकपा(माओवादी इन्चार्ज दलबहादुर धामीले बताए ।
जिल्ला अस्पताल बैतडीमा एक वर्षयता आकस्मिक रक्त सञ्चार केन्द्र, अल्ट्रा साउन्ड सेवा, आकस्मिक शल्यक्रियालगायत सेवा उपलब्ध छन्। रासस
प्रकाशित: २१ मंसिर २०६९ २२:१० बिहीबार





-600x400.jpg)