१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रानीपोखरीको मन्दिरमा राखियो गजुर

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको शीर्ष भागमा गजुर राखिएको छ । प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्मित मन्दिरमा विधिपूर्वक पूजाआजा गरी गजुर राखिएको हो ।

स्थापित मुख्य गजुर १२३.७ केजी तामा प्रयोग गरी निर्माण गरिएकोे छ । जसमा करिब २५ तोला सुनको जलप लगाइएको छ । उक्त मुख्य गजुरको उचाइ ६ फिट १० इन्च रहेको बताइएको छ ।

त्यसैगरी मन्दिरको चारै दिशामा रहेका मण्डप शैलीका बुर्जाको शीर्षमा पनि गजुर राखिएको छ । ती गजुरको तौल ३.३३ केजी रहेको छ जसमा १.९३ तोलाका दरले सुनको जलप लगाइएको छ ।

गजुरको निर्माण ललितपुर महानगरपालिका–१२ का कालीगढ विनोद शाक्यको नेतृत्वमा भएको हो । २० दिन लगाएर निर्मित गजुरमा सुनको जलप लगाउन पाँच दिन लागेको थियो ।

गजुर स्थापनासँगै बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण लगभग सम्पन्न भएको छ । त्यसैगरी, पोखरीको माथिल्लो पर्खाल वरिपरि सौन्दर्यीकरण तथा बत्ती राख्ने काम चलिरहेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको रानीपोखरीमा केही दिनअघि पानी भरिएको थियो । शिखर शैलीमा मन्दिर पुनर्निर्माण भएपछि र पोखरीमा पानी भरिएपछि रानीपोखरी क्षेत्र आकर्षक देखिएको छ ।

प्रकाशित: १७ आश्विन २०७७ ०१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App