२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाबासँग पूजामा बस्न भन्दै किशोरीलाई भारत लाने समूहको खोजीमा प्रहरी

पैसाको प्रलोभन देखाएर बाबासँग पूजामा बस्न भन्दै किशोरीलाई भारत लाने समूहका तीन जना पक्राउ परेपछि गिरोहमा संलग्न अन्यको प्रहरीमा प्रहरीले लागेको छ। बुधबार भारतीय सीमा सुरक्षा बल एसएसबीको सहयोगमा सशस्त्र प्रहरीले सुनसरी कोशी गाउँपालिलका क्षेत्रबाट १८ वर्षीया किशोरीलाई उद्दार गरेलगत्तै तीन जनालाईं पक्राउ गरेपछि अन्यको खोजी तीब्र पारेको हो।

प्रहरीले सप्तरीको अग्नीसाइबर कृष्णसवरण गाउँपालिका वडा नं. ४ का २९ वर्षे साहिल मन्सुरी, सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ७ का २२ वर्षकी सुचिनकला चौधरी र सिरहाको लहान नगरपालिका वडा नं. १९ का ३२ वर्षे जीवछ साहलाई पक्राउ गरेको थियो।  जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्कीका अनुसार किशोरी भारत लाने समूहमा ठूलै गिरोह देखिएकोले त्यसमा संलग्नको तीब्र खोजी भइरहेको छ। ‘किशोरीलाईं बाबासँग पूजामा बस्दा लागेको रोग निको हुने र पूजामा धेरै पैसा खसाल्ने अनि त्यो पैसा भागवन्डा लगाएर बाढ्ने भनी भारततर्फ लगेको पाइन्छ,’ डिएसपी कार्कीले भने, ‘यसमा ठूलै समूह भएकाले गर्दा केही दिनभित्रमा उपलब्धी हात लाग्नेछ।’

सप्तरी दौलतपुर नगरपालिका वडा नं. ३  घर भई सिरहाको लहान बस्दै कक्षा ११ अध्ययनरत किशोरीलाईं बुधबार भारत लाने क्रममा प्रहरीले उद्दार गरेको थियो।  

त्यसो त सुनसरी कोशी गाउँपालिका वडा नं. ८ भाण्टावारी नाकाबाट मात्र बेचबिखनका लागि लैजादै गर्दा दुई वर्षयता ४१ जनालाई उद्दार गरिएको साझा सवालका लागि साझा मञ्च कोकन सुनसरीको तथ्याङ्कमा उल्लेख छ।  

कोकनका कार्यक्रम संयोजक हेमन्त पौडेलका अनुसार सूचना दुई वर्षयता बुथमार्फत मोरङ, सुनसरी, सप्तरी, सिरहा, नुवाकोट, उदयपुर, खोटाङ्, गुल्मी, इलाम, दाङलगायतका जिल्लाका बालिका र किशोरीलाई उद्दार गरेर आफन्तको जिम्मा लगाइएको हो।  यो अवधिमा एक हजार सात सय ६५ जनालाई सचेतता गरिएको छ।

विभिन्न प्रलोभनमा दिई भारतमा बेचबिखन गर्ने उद्देश्यले लैजादै गर्दा १२ वर्षीया बालिकादेखि १९ वर्ष सम्मका किशोरीलाईं उद्दार गरिएको कोकनका कार्यक्रम संयोजक हेमन्त पौडेलले जानकारी दिए। उद्दार गरिएका लाई अभिभावकको जिम्मा लगाइएको छ भने तीनवटा मुद्दा चलाइएको छ। भारततर्फ तस्करीका लागि लाने जिल्लाको मुख्य रुट भने भण्टाबारी बन्न पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।  

मानव तस्करी नेपालको ठूलो सामाजिक समस्या हो। मानव तस्करी यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यकाका लागि हुने मानिसको अवैध व्यापार हो। यो एक सामाजिक अपराध हो।

विभिन्न प्रलोभन दिएर आकर्षक तलबको लोभ देखाइ विदेशमा लगेर फसाउने वा बेचबिखन गर्ने कामलाई मानव तस्करी भनिन्छ। जसमा महिला तथा पुरुष बेचबिखन पर्दछ। विभिन्न एजेन्टद्वारा फसाई भारतका तथा अन्य देशका कोठीमा बेचिनु मानव तस्करीको उच्चतम रुप हो।

 

प्रकाशित: १६ आश्विन २०७७ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App