१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेपत्ता महिला तापखोलामा मृत फेला

खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा कुदुङकी ६० वर्षीया ठकुरी राई खोलामा मृत फेला परेकी छन्। बुधबार सम्पर्कविहीन भएकी राई बिहीबार बिहान घरभन्दा तलको तापखोलाको बगरमा मृत फेला परेको प्रहरीले जनाएको छ।  

खोजीकाक्रममा उनको शव खोलामा पानीले बगाएर बगरमा अड्किएको अवस्थामा फेला परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए।  

राई खोलामा फड्ने तर्नेक्रममा खोलामा पानीमा खसेको हुनसक्ने अनुमान गरिएको छ। उनी माईती गएर घर फर्कनेक्रममा बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरीचौकी खार्ताम्छालाई खबर गरेका थिए। घट्नाका विषयमा कानूनी कारबाही अघि बढाइसकिएको डिएसपी चिमरियाले बताए।

प्रकाशित: १५ आश्विन २०७७ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App