१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुर्खेतमा बेपत्ता आमा छोरीकाे शव भेटियाे

असोज ३ गते रातिदेखि बेपत्ता भएकी आमा छोरी मृत अवस्थामा भेटिका छन्। गुर्भाकोट नगरपालिका-११ की २३ वर्षीया पुष्पा पुन असोज १४ गते बुधबार र उनकी छोरी प्रमिशा ६ गते मृत अवस्थामा भेटिएका हुन्।

पुष्पाको शव भेरीगंगा नगरपालिका-९ चिप्ले नजिकै भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामबहादुर घर्तीले जानकारी दिए। आमा छोरीको शव छुट्टाछुट्टै मितिमा भेरी नदी किनारमा भेटिएको उनको भनाइ छ। उनका अनुसार असोज ३ गते राति लेकवेंशीबाट आमा छोरी बेपत्ता भएका थिए।  

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०७७ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App