१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डलर देखाई रकम लुटपाट गर्ने दुई जना पक्राउ

डलर देखाई सस्तोमा साटी दिन्छु भनी नेपाली ५ लाख रुपैयाँ लुटी फरार दुई जनालाई भक्तपुर प्रहरीले मंगलबार पक्राउ गरेको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने वर्ष २३ को विमल भण्डारी र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २१ को निर्मल भण्डारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८ रातोपाटीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

उनीहरुबाट नेपाली रुपैयाँ तीन लाख ३१ हजार, बिभिन्न कम्पनीका मोबाइल २ थान, मोटरसाइकल १ थान (२२० सि.सि.को पल्सर ), पर्स २ थान, विभिन्न देशको डलर – ८ थान (अमेरिकी डलर समेत रहेको ) बरामद गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७७ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App