१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटमा संक्रमितको संख्या घट्दै

रौतहटमा संक्रमितको संख्या कम हुँदै गएको पाइएको छ। कुनै समय देशमा सबैभन्दा बढी संक्रमित रहेको रौतहटमा निको हुनेको संख्यामा वृद्धि भएको छ। संक्रमित निको हुनु र नयाँ संक्रमित पनि क्रमशः कम हुँदै जानुले जिल्लाका सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै गएको पाइएको हो।

सोमबार जिल्लामा थप संक्रमित शून्य पाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। नौ सय ३४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको रौतहटमा आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १६४ मात्र रहेको छ। सक्रिय संक्रमितमध्ये ३७ जना महिला छन्।

आइसोलेसनबाट फिर्ता भएका संक्रमितको संख्या रौतहटमा एक हजार ६ सय ९० पुगिसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७७ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App