१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गण्डकी गाउँपालिकाको गाउँसभा पुनः स्थगित

गोरखाको गण्डकी गाउँपालिकाले शनिबार बोलाएको गाउँ सभा पुनः स्थगित भएको छ। गत असार १० गतेभित्र सक्नुपर्ने गाउँ सभा गणपुरक सदस्य संख्या नपुगेका कारण स्थगित भएको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए।  

‘४४ जना गाउँसभा सदस्यमा २२ जना मात्रै उपस्थित हुनुभयो’ गाउँपालिका अध्यक्ष होमबहादुर रानाले भने ‘गणपुरक संख्या नपुगेका कारण हामीले शनिबार बोलाएको गाउँसभा स्थगित गर्नुपर्‍यो।’ चालु वर्ष २०७७/७८ मा संचालन गर्ने नीति कार्यक्रम, बजेट उक्त गाउँपालिकाले अहिले सम्म ल्याउन सकेको छैन। पुनः असोज १३ गतेका लागि गाउँसभा बोलाइएको उनले बताए। गाउँसभामा ४४ जना सदस्य छन्। शनिबार २२ जना मात्रै उपस्थित रहेका थिए।  

‘तीन दिनभित्र पुनः सभा बोलाउन मिल्ने प्रावधान छ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले भने ‘त्यती बेला पनि सहमति भएन भने फेरी अर्को मिति तोक्नु बाहेक बिकल्प हुँदैन।’

गाउँपालिकाको केन्द कहाँ राख्ने भन्ने विषयमा नेकपा निकट जनप्रतिनिधि र कांग्रेस निकटका जनप्रतिनिधि बीच सहमति नहुँदा गाउँ सभा हुन नसकेको हो। गाउँपालिकाको केन्द्रको बाहेकका विषयमा सहमति गरेर बजेट ल्याउन आग्रह गरेको र गाउँपालिका अध्यक्षले अहिले नै सहमति गरेर जानुपर्ने बताएपछि गाउँसभा हुन नसकेको नेकपा निकट वडाध्यक्ष तुलसी रेग्मीले बताए।  

गाउँसभा समयमै नहुँदा गण्डकी गाउँपालिकाको चालु वर्षका योजना, कार्यक्रम प्रभावित बनेको छ। गोरखामा बजेट ल्याउन बाँकी गण्डकी गाउँपालिका मात्रै हो।

प्रकाशित: १० आश्विन २०७७ १४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App