१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मृत भेटिएका पुरुषको कोरोना रिपोर्ट पोजेटिभ

भारतबाट फर्किएर घर जादैं गरेका बेला बाटोमै मृत्यु भएका बैतडीका एक पुरुषमा कोरोना पुष्टि भएको छ। शनिबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा पुर्चौडी नगरपालिका–३ का ३५ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

मृत भेटिएका ती पुरुषको स्वाब संकलन गरि परीक्षणका लागि डडेल्धुरा  अस्पताल पठाइएको थियो। भारतको बैंलोरबाट फर्केर घर जाने क्रममा ती पुरुष शुक्रबार अपरान्ह पुर्चौडीकै लामाधारमा मृत भेटिएका थिए। ५ दिन अघि बैंलोरबाट हिडेका ती पुरुष बिहीबार गौरीफण्टा नाकाबाट नेपाल भित्रिएका बताइएको छ।  

कोरोना संक्रमित मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए।

प्रकाशित: १० आश्विन २०७७ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App