१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दिउँसै लुटियो सुन

प्रतिकात्मक तस्वीर

ओखलढुंगाको रामपुरमा दिउँसै सुन लुटपाट भएको छ। मोलुङ्ग गाउँपालिका–४ की रुकमाया खतिवडाको सुन लुटिएको हो। विहिबार दिउँसो रामपुर बजार बाट हर्कपुर घर फर्केदै गर्दा रामपुर मुनिको कात्तिके जंगलको भिरमा दुईजना पुरुषले करिब डेढ तोला सुनको गहना लुटेर लगेको खतिवडाले बताइन्।

कात्तिके भिरको अप्ठारो बाटोमा माक्स लगाएका अन्दाजी २०–२२ वर्षका दुईजना पुरुषले आँखा छोपी लछारपछार गरेर लगाएको एक तोलाको नौगेडी र करिब आधा तोलाको तिलहरी लुटेर भागेको खतिवडाको भनाइ छ।  

सुन लुटिएको विषयमा ईलाका प्रहरी चौकी रामपुरमा खतिवडाले जाहेरी दिएकी छिन्। लुटेराको खोजी तथा अनुसन्धान भइरहेको रामपुर ईलाका प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरिक्षक श्रीप्रसाद राईले बताएका छन्। 

प्रकाशित: ९ आश्विन २०७७ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App