१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषधसहित आठजना पक्राउ

बरामद लागुऔषध र पक्राउ परेका व्यक्तिहरू। तस्बिरः नागरिक

उदयपुर प्रहरीले जिल्लाको दक्षिणी र पश्चिमी सीमानाकाबाट ठूलो मात्रामा लागुऔषधसहित एक महिलासहित ८ जनालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–२ जोगीदहको बाटो भएर उदयपुर र सप्तरीको दक्षिणी सीमाना फत्तेपुरबाट भित्रिएको एक सय ५ थान र त्रियुगा–६ र सप्तरीको नाका लालपत्ताबाट आएको एक सय ८० थान लागुऔषधसहित ६ जनालाई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

फत्तेपुर नाकाबाट लागुऔषध ल्याएर त्रियुगा–१ र २ क्षेत्रमा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले व्यापार भइरहेको अवस्थामा स १ प ३२२४ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई एक सय पाँच थान लागुऔषधसहित पक्राउ गरेको प्रहीले जनाएको छ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ का १९ वर्षीय रजामुद्धिन अन्सारी, सोही ठाउँका २४ वर्षीय दिलिप घिमिरे, २० वर्षीय मिलन विश्वकर्मा, २२ वर्षीय शिव अधिकारी र विशाल मगर तथा २० वर्षीय सागर पौडेल रहेका छन्। उनीहरुको साथबाट डाइजोपाम ३५ एम्पुल (थान), लुपिजेसिक ३५ एम्पुल र फेनारगन ३५ एम्पुल गरी एक सय ५ एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भीम दाहालले जनाए।

त्यस्तै सप्तरीसँग सीमा जोडिएको त्रियुगा–६ को लालपत्ता नाका भएर आउँदै गर्दा एक सय ८० थान लागुऔषधसहित एक दम्पतीलाई बुधार पक्राउ गरेको छ। लालपत्तामा भारतबाट लागुऔषध ल्याएर बिक्री गर्ने तयारी गर्दा सप्तरी कृष्णसवरम गाउँपालिका–१ का ३१ वर्षीय पिके भन्ने प्रवेश मिया र उनकी २६ वर्षीया पत्नी हजारुम खातुनलाई लागुऔषधसहित पक्राउ गरिएको एसपी दाहालले बताए।

उनीहरूको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल र लुपिजेसिक ६० एम्पुल बरामद भएको उनले बताए। उनकाअनुसार पक्राउ दम्पतिबाट ३ थान मोबाइलसमेत बरामद भएको छ। पक्राउ परेका आठजनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी दाहालले बताए।

प्रकाशित: ९ आश्विन २०७७ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App