१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्युतीय धरापमा परेर मृत्यु

खेतको आलीमा बनाइएको विद्युतीय धराप। तस्बिर: नागरिक

वन्यजन्तुलाई थापिएको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ। मंगलबार राति ३ बजेतिर गाउँबाट जंगली खरायो लखेट्दै आएका एक जना किसानको खेतमा छाडिएको विद्युतीय धरापमा परेर मृत्यु भएको हो। गौरीगंगा नगरपालिका–१० नुक्लीपुरका २९ वर्षीय रघुवीरसिंह धामीको विद्युतीय धरापमा छाडिएको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।

जंगली खरायो लखेट्दै आएका स्थानीय काठमाडौं टोलमा रहेको धानबारीमा छाडिएको विद्युतीय धरापमा परेको वडाध्यक्ष पदम ऐरले बताए। उनले भने, ‘धामीसँगै खरायो लखेट्न अन्य पाँच जना गएका थिए, घटनालगत्तै धामीका साथीले फोन गरेपछि घटनास्थल आइपुगेको थिएँ।’ रातिको समय भएकाले घटना भएको ठाउँमा जान नसकेर बिहानको समयमा प्रहरीलाई खबर गरी विद्युत् लाइन काट्न लगाएको उनले बताए। धामीसँगै गएका बच्चुलाल चौधरी, जन्तर चौधरी, किसन चौधरी, सोनुराम चौधरी र दुःखीराम चौधरीलाई प्रहरीले हिरासतमा राखेर सोधपुछ गरिरहेको छ। धामीको शव अहिले पनि खेतमै छ। उनका भाइ दार्चुलाबाट फर्किएपछि मात्रै शव उठाउने सहमतिअनुसार खेतमै शव राखिएको बताइएको छ। मृतक धामीका पत्नी र एक छोरी छन्।

प्रकाशित: ८ आश्विन २०७७ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App