coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारत तर्फ लैजादै गरेको ८० बोरा मटर बरामद

बरामद गरिएको मटर बोकेको ट्रक ।

सुनसरी देवानगंज–६ बाट भारत तर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ। बिशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार देवानगंजस्थित सीमा एरियाबाट मटर बरामद गरेको हो।  

को १ च ८३६० नम्बरको पिकअप गाडीमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा मटर बरामद भएको हो। प्लाष्टिकले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा करिब १ लाख बराबरको ८० बोरा सेतो मटर बरामद गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  

बरामद गरिएको मटर, पिकअप गाडी र चालक समेतलाई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी व्यारेज बुझाईएको छ।

प्रकाशित: ६ आश्विन २०७७ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App