१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आज रातिबाट ठूलो वर्षा र हावाहुरी सुरु हुने सम्भावना, यस्तो छ तीन दिनको अनुमान

प्रतिकात्मक तस्बिर

आज सोमबार रातिबाट देशभरजसो ठूलो वर्षाका साथै हावाहुरीको समेत सुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १ र २ मा वर्षासहित हावाहुरी आउने सम्भावना छ। रातिदेखि भने यो क्रम अझ धेरै प्रदेशमा फैलिने महाशाखाले जनाएको छ।  

महाशाखाले सोमबार बिहान जारी गरेको बुधबारसम्मको मौसम अनुमान-

असोज ५ गते सोमबार

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ का केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

असोज ६ गते मंगलबार

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश नं १ का १/२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

असोज ७ गते बुधबार

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।

यसअघि आइतबार साँझ नै जल तथा मौसम विज्ञान विभागले ‘विशेष मौसम बुलेटिन’ जारी गर्दै आगामी चार पाँच दिन धेरै भारीसम्म वर्षा हुन सक्ने तथा हावाहुरीसमेत आउने सम्भावना रहेको जानकारी दिँदै सतर्कता अपनाउन अनुरोध गरिसकेको छ।  

आइतबार साँझ ७ बजे विभागले जारी गरेको बुलेटिनमा भनिएको छ–  ‘हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी ४–५ दिन (२१ सेप्टेम्बर रातीदेखि २५ सेप्टेम्बर) नेपालको धेरै स्थानमा मेघगर्जनत्रचट्टयाङसहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनाका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रकाशित: ५ आश्विन २०७७ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App