१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पामा यातायात संचालन, सीमामा यात्रुको विवरण बुझाउनु पर्ने

टिकट काउन्टर । तस्बिर: दिनेश/नागरिक

कोरोना महामारीको त्रासले गरिएको लकडाउनपछि सरकारले सार्वजनिक यातायातका साधन संचालन गर्ने निर्णय गरेसंगै जिल्ला प्रशासन कार्यालय रोल्पाले सतर्कताका लागि थप उपाय अपनाएको जनाएको छ। लकडाउन गरिएको होलेरी क्षेत्र बाहेक अन्य स्थानमा सवारी साधन निर्बाध चल्ने छन्। होलेरी हुँदै सवारी साधन संचालन भए पनि यात्रु झार्न र चढाउन रोक लगाईएको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार जिल्ला बाहिरिने र भित्रिने सबै प्रकारका सवारी साधनहरुले सिसिएमसिले जारि गरेको यात्रुको विवरणसहितको फाराम भरि सीमाको प्रहरी चौकीमा दिनुपर्ने छ। प्रमुख जिल्ला अधिकारीका अनुसार यसो गर्दा पछि कोहि कोरोना संक्रमित देखिएमा कन्ट्रयाक ट्रेसिङ गर्न सजिलो हुनेछ।

प्रकाशित: २ आश्विन २०७७ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App