२६ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

अपाङ्गता भएकी महिला बलात्कार आरोपमा एक पक्राउ

अपाङ्ग महिलामाथि जवरजस्ती आरोपमा पक्राउ विक । तस्विरः महेश्वर

एक बोल्न नसक्ने अपाङ्गता भएकी महिलामाथि बलात्कार प्रयासको आरोपमा उदयपुर प्रहरीले ४३ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ। मंगलबार मध्यान्ह १२ बजेको समयमा त्रियुगा नगरपालिका १३ दनुवारी चौककी २० वर्षीया अपाङ्ग महिलामाथि जवरजस्ती गरेको आरोपमा त्रियुगा १२ पुरानो गाईघाटका ४३ वर्षीय सूर्य विश्वकर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  

विश्वकर्माले एक्लै भएको मौका छोपी महिला बस्ने कोठामा पसेर जवरजस्ती गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय उदयपुरले जनाएको छ। पीडितका आफन्तले दिएको उजुरीका आधारमा विशेष टोली खटाई विश्वकर्मालाई पक्राउ गरी सदरमुकाम ल्याएर अनुसन्धान अघि बढाइएको प्रहरी प्रमुख एसपी भीम दाहालले बताए।  

विकमाथि जवरजस्ती करणी ऐन अनुसार कारबाही गर्नेगरी अनुसन्धान अघि बढाइएको बताइएको छ। 

प्रकाशित: ३० भाद्र २०७७ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App