१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

झुम्का कारागारमा १२ जना कैदीलाई कोरोना संक्रमण

अन्य कैदीबन्दीलाई जोगाउन चुनौती

कोरोना भाइरस संक्रमितको संख्या बढीरहेका बेला झुम्का कारागार सुनसरीका १२ जना कैदीलाई कोरोना पुष्टि भएको छ। जसले गर्दा ठूलो संख्यामा रहेका अन्य कैदीबन्दीलाई जोगाउन मुख्य चुनौती थपिएको छ।

पूर्वको सवैभन्दा ठूलो कारागार झुम्का सुनसरीमा कैदीको चाप बढेको र विभिन्न खाले बिरामीको संख्या पनि थुपै्र भएकाले १२ जनामा कोरोना पुष्टि भएको जेलर उपसचिव अनिल खनालले बताए। ब्लक नं. १ र २ का गरि कोरोना पुष्टि भएको हो। उनका अनुसार कोरोना पुष्टि भएका सवैको अवस्था सामान्य रहेको छ। सवैलाई कारागारभित्रै छुट्टै राखिएको छ।  

‘अहिलेसम्म सवैको अवस्था सामान्य भएकाले गर्दा कारागारभित्र छुट्टै व्यवस्थापन गरेर राखिएको छ,’ उनले भने, ‘स्वास्थ्यमा कुनै समस्या भए तत्काल अस्पताल लगिनेछ।’ यसअघि पनि झुम्का कारागारमा दस जनामा कोरोना पुष्टि भएको थियो। जसमा आठ जना सञ्चो भइ सकेका छन्। दुई जना भने कारागारभित्रै अहिले पनि आइसोलेसनमै रहेका छन्।  

उपसचिब खनालका अनुसार अहिले अन्य कैदीबन्दीमा कुनै लक्षण देखा भने परेको छैन। ‘तर, जस जसलाई कोरोना पुष्टि भो, उनीहरुसँगको सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गरिनेछ,’ उनले भने।  

कारागारमा ठूलो संख्यामा कैदीबन्दी रहेकाले गर्दा कोरोनाको संक्रमणबाट जोगाउनु चुनौती रहेको उपसचिब खनालले बताए। ‘हदैसम्म सर्तक रहेर सावधानी अप्नाउँदा अप्नाउँदै पनि कारागारमा केहीलाई पोजेटिभ भएपछि अरुलाई सर्न नदिनका लागि हदैसम्म सावधानी अप्नाइएको छ,’ उनले भने।  

कारागारमा अहिले ब्लक नं. १ र २ गरि एक हजार सात सय १८ जना छन्। ठूलो संख्यामा कैदीबन्दी हुनु र विभिन्न खालका बिरामी हुँदा उनीहरुलाई अन्यत्र अस्पतालमा उपचार गर्न लादा–ल्याउँदा बाहिरी मुभमेन्टबाट जोगाउँदा जोगाउँदै कोरोना संक्रमण हुने खतरा छ।  

यहाँ अहिले सुगर, प्रेसर, मानसिक सन्तुलन गुमाएका, श्वासप्रश्वाससम्बन्धी, छाला, पायल्स, मुटुरोगीलगायतका बिरामी छन्। यी सवैलाई नियमित अस्पतालमा उपचार गर्न लादा खतरा हुने गर्छ। जेल प्रशासनले एक जना अहेवको व्यवस्था गरेपनि धेरै बिरामीलाई बेलाबखत बाहिर लानुपर्छ।  

एकातिर केन्द्रीय कारागारपछि सवैभन्दा ठूलो संख्यामा कैदीबन्दी झुम्का कारागारमै रहेका छन्। अनि, त्यसमा यहाँ पूर्वका अन्यत्र जिल्लाका बिरामीलाई पनि स्थानान्तरण गर्ने गरिएकाले गर्दा सदावहर बिरामी हुनेको संख्या पनि बढ्दो छ। यस्ता बिरामीलाईं अस्पतालमा उपचार गर्न लादा बाहिरीबाट संक्रमण भित्रिने खतरा रहने गरेको छ।

प्रकाशित: ३० भाद्र २०७७ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App