१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कुलमान घिसिङका १० काम

नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकालमा १४ घण्टे लोडसेडिङ अन्य गरेर करोडौं नेपाली जनताको मनमस्तिकमा बस्न सफल भए। घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा महत्वपूर्ण काम गरे, चर्को लोडसेडिङ भोगेको मुलुकलाई २४ सै घण्टा बिजुली दिएर आम जनताको मन जिते, टाट पल्टिएको संस्थालाई नाफामा लगेर आर्थिक रुपमा मजबुत बनाए। तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौं २९ गते  मन्त्रिपरिषद्को बैंठकले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्ती गरेको थियो। घिसिङले प्राधिकरणको प्रवन्ध निर्देशकमा २०७३ भदौं ३१ गते पदबहाली गरेका थिए। घिसिङको नियुक्ती भएको सोमबार चार वर्ष पुरा भयो। घिसिङको  चार वर्षे  कार्यकालको अवधिमा भएको मुख्य १० वटा काम यस्ता रहे :

१ कुलमान घिसिङको कुशल व्यवस्थापकीय जिम्मेवारीकै कारणले २०७३ सालको लक्ष्मीपुजाको दिन काठमाडौं उपत्यकामा पहिलो पटक लोडसेडिङ हुन दिएनन्। सामान्यतया तिहारको लक्ष्मी पुजाको दिन सहरी क्षेत्रमा विद्युत्को अत्याधिक माग हुने गथ्र्याे।

२. घिसिङले काठमाडौं, पोखरा, भरतपुर एकपछि अर्को गर्दै लोडसेडिङ मुक्त गराउँदै गए। २०७५ सालको वैशाखदेखि उद्योग कलकारखानामा समेत पर्याप्त बिजुली उपलब्ध गराएर लोडसेडिङको अन्त्य भएको घोषणा नै गरे।  

३ घिसिङले प्राधिकरणको बागडोर सम्हाल्नु अघिसम्म अर्थात आर्थिक वर्ष ०७२/७३सम्म प्राधिकरणको कुल सञ्चित घाटा ३४ अर्ब ६० करोड रुपैयाँ थियो। चार वर्षको अन्त्यसम्म आइपुग्दा घिसिङले ३४ अर्ब ६० करोड घाटालाई शूल्यमा झार्दै ४ अर्ब  ८६ करोड ८६ करोड  नाफा कमाउने सस्थाको रुपमा प्राधिकरणलाई स्थापित गरे।

४.आव ०७२/७३ सम्म प्राधिकरण वार्षिक आठ अर्ब ८९ करोड रूपैयाँ नोक्सानमा थियो । तर, आव २०७६ ७७ मा प्राधिकरण वार्षिक ११ अर्ब नाफा कमाउने सार्वजनिक सस्थाको रुपमा स्थापित भएको छ।

५. आव ०७२/७३ सम्म प्राधिकरणको एक चौथाईभन्दा धेरै अर्थात २५.७८ प्रतिशत बिजुली  चुहावट हुन्थ्यो। तर, बिजुली चुहावट नियन्त्रणमा उल्लेख्य सुधार गरेका छन्। उनकै नेतृत्वको पालामा विद्युत् चुहावट १५.२७ प्रतिशतमा झारेको छ।

६. चार वर्ष अघिसम्म प्रतिव्यक्तिवार्षिक विद्युत् खपत १३१ युनिट रहेकोमा त्यसयताविद्युत् खपत निरन्तर बढेर हाल प्रतिव्यक्ति विद्युतखपत २६० युनिट पुगेको छ।

७. घिसिङले नेतृत्व सम्हालेसँगै प्राधिकरणले झण्डै एक चौथाई घरधुरीमा विद्युतको पहुँच पुगेको छ। आर्थिक वर्ष ०७२/७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युत्को पहुँच पुगेको थियो। गत आवको ०७६/७७ को अन्त्यसम्म देशभरमा ८६.४४ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ।  

८.प्राधिकरणले आर्थिक वर्ष ०७२/७३ मा भारतबाट एक अर्ब ७७ करोड युनिट आयात गरेको थियो। यसको लागि १३ अर्ब १२ करोड रुपैयाँ खर्चिएको थियो। प्राधिकरणले आव ०७६/७७ मा खपत भएको ७ अर्ब ७४ करोड युनिटमध्ये छिमेकी भारतबाट एक अर्ब ७२ करोड युनिट आयात भएको छ। यसको लागि प्राधिकरणले १३ अर्ब ५८ करोड रुपैयाँ खर्चिएको छ।

९ घिसिङकै कार्यकालमा वर्षौंदेखि अलपत्र पर्दै आएको चमेलिया जलविद्युत् आयोजना,  ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजना,  १४ मेगावाटको जलाशययुक्त कुलेखानी लगायतका जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भयो।

१०. आर्थिक वर्ष ०७२/७३ सम्म मुलुकभित्र ८०१ मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु संचालनमा रहेको थियो। तर, अहिले ५७ प्रतिशत वृद्धि भएर १२ सय ५७ मेगावाट पुगेको छ। करिव ६ हजार मेगावाटको विद्युत खरिद संझौता भएका नीजि कम्पनीहरु तथा प्राधिकरणका सहायक कम्पनीहरुबाट प्रवद्र्धित जलविद्युत आयोजनाहरु मध्ये करिव ३ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु निर्माणधीन रहेका छन्।

 

 

प्रकाशित: २९ भाद्र २०७७ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App