१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाबाट सिरहाकी महिलाको मृत्यु

कोरोना संक्रमणबाट सिरहाकी एक महिलाको प्रादेशिक कोभिड अस्पताल जनकपुरमा मृत्यु भएको छ। सिरहाको कर्जन्हा नगरपालिका (२ बन्दीपुरकी २७ वर्षीया महिलाको श्वासप्रश्वास अस्पतालको आईसोलेसनमा मृत्यु भएको हो।

ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि शुक्रबार जनकपुरको काब्या अस्पतालमा भर्ना भएकी उनको अक्सिजन स्याचुरेसन कम भई सास फेर्न गाह्रो भएपछि आइतबार पिसीआर परीक्षण गरिएको थियो। प्रादेशिक कोभिड अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहकाअनुसार आइतबारै उनको पिसीआर रिपोर्ट पोजेटिभ  आएपछि काब्या अस्पतालबाट आइतबार विहान १० बजे कोभिड अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको उनले बताए। उनी क्लासिकल कोभिडका विरामी थिईन डा. सिंहले भने, अरु कुनै रोग नभई कोभिड १९ कै संक्रमणबाट उनको  मृत्यु भएको छ। यस अस्पतालमा कोभिडबाटै मृत्यु हुने उनी सम्भवतः कम उमेरकी पहिलो महिला हुन।

दीर्घ रोगका विरामीहरुमा कोभिड पुष्टि भएर मृत्यु भएको केस धरै भएपनि कोभिडकै कारण मृत्यु हुने थोरै विरामी छ्न। उनको फोक्सो र लंग्समा संक्रमण फैलिएर सास अबरुद्ध भई मृत्यु भएको डा। सिंहले बताए। यससँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।

प्रकाशित: २९ भाद्र २०७७ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App