१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इटहरीमा 'फुड बैंक'

इटहरीमा फुड बैकको विधिवत सुरुवात गरिदैं । तस्बिर : नागरिक

यतिबेला कोरोना भाइरसको महामारीको अकल्पनीय परिस्थितिले समाजका हरेक तह र तप्काका नागरिकको आर्थिक संकट जर्जर बनेको छ। त्यसमाथि आर्थिक अवस्था दयनीय भएका नागरिकको पीडा त कल्पना गर्न नसकिने खालको छ। यसअघि कहिल्यै यस्तो समस्या बेहोर्नुपरेको थिएन।  

कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका आर्थिक अवस्था दयनीय भएका रोगले भन्दा भोकले ज्यान गुमाउने स्थिती भएको छ। चैत ११ गतेदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै सुरुवातमा स्थानीय सरकारले खाद्यान्न सामग्री पनि वितरण गरे। कतिपयले एकपटक त कतिपयले दुई पटकसम्म वितरण गरे। 

तर, असारमा लकडाउन खुकुलो भएसँगै पछिल्लो समय समुदायस्तरमै कोरोनाको संक्रमण फैलिएपनि स्थानीय सरकारले खाद्यान्न वितरण गरेका छैनन्। जसले गर्दा दैनिक ज्यालादारी गरेर बिहान बेलुकाको गर्जो टार्ने र आर्थिक अवस्था कमजोर भएका परिवारको बिजोग भएको छ।  

यस्तो बेला विभिन्न संस्थाले सहयोग गर्न ‘फुड बैक’ सञ्चालन गरि रहेका बेला इटहरीमा अब भने भोकले कसैलाई समस्या हुन नदिने गरि दीर्घकालिन कामको सुरुवात गरिएको छ। यसका लागि इटहरीमा क्रियासिल १६ वटा लायन्स क्लबमध्ये १४ वटाले संयुक्त रुपमा फुड बैक विधिवत सुरुवात गरेका हुन्। यी संस्थाले अब कोरोनाको महामारी मत्थर नहुँदासम्म नभएर सधैंभरी ‘फुड बैक’ सञ्चालन गर्ने भएका छन्। यसका लागि यी संस्थाले ‘फुड बैक’ का लागि भवन समेत निर्माण गरेर अघि बढ्ने भएका छन्।  

यसका लागि लायन्स क्लब अफ इटहरी ग्रिनसिटीका अध्यक्ष भविन खड्काको नेतृत्वमा टीम समेत गठन भएको छ। विभिन्न समयमा आइपर्ने महामारीसँगै यस क्षेत्रमा रहेका विभिन्न संस्था निःसाहय अनाथ आश्रम, मायाघर नेपाल, वृद्दाश्रमलगायतलाई सधैंभरी खाद्यान्नको चिन्ता हुने भएकाले गर्दा सधैंभरीका समस्या समाधान गर्न दीर्घकालिन योजना बनाएर ‘फुड बैक’ सञ्चालन गरिएको संयोजक खड्काले बताए।  

उनका अनुसार अहिले सुरुवाती चरणमा २५ हजार केजी चामल स्टक रहेको छ। यसका लागि लायन्सको सदस्यसँगै अन्य दातासँग पनि सहयोगका लागि अपील गरिएको छ।

प्रकाशित: २६ भाद्र २०७७ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App