७ वैशाख २०८१ शुक्रबार
समाज

आत्महत्या यसरी रोक्न सकिन्छ

मानिसले आत्महत्या गर्छ भन्ने धेरैलाई थाहा छ तर आत्महत्या रोक्न सकिन्छ भन्ने कुरा कमलाई मात्र थाहा छ। आत्महत्या गर्ने व्यक्तिको सुरुकै लक्षण थाहा पाएमा रोक्न सकिने विशेषज्ञ चिकित्सकहरुले सुझाएका छन्।

बिहिवार ‘विश्व आत्महत्या दिवसको अवसरमा विज्ञ चिकित्सकहरुले आत्महत्या गर्न खोजिरहेको व्यक्तिको पहिचान गरेर रोक्क सकिने सुझाएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मानसिक रोग बिशेषज्ञ डा. रोशन पोखरेलका अनुसार बिभिन्न कारणले मानिसमा आत्महत्याको सोंच आउने र त्यस्ता व्यक्तिले आत्महत्या गर्नु अघि बिभिन्न लक्षण देखाउँछन्। ‘मर्न मन लागेको छ भनिरहनु, एक्लै बस्ने, धेरैघुलमिल नहुने, धेरै नबोल्ने र डोरी लुकाएर राख्ने, उपचार गर्न नचाहने, बिषादी लुकाएर राख्ने, कतिपयले लेख लेखेर छोड्ने लगायतका लक्षण देखाउँछन्।  

यस्ता व्यक्तिको पहिचान भएमा परिवारका सदस्य या साथीभाइले आत्महत्या गर्न खोजिरहेको व्यक्तिको नजिकैबाट समस्या सुनेर या समस्या पहिचान गर्ने र सो अनुसार सहयोग गर्न सक्छन्। यस्तो लक्षण थाहा पाएपछि मनोविद तथा मनोचिकित्सकहरुको परामर्श तथा उपचारबाट घटनाबाट जोगाउन सकिने चिकित्सकको सुझाव छ। यसको साथै यस्ता नियमित व्यायम, योग,ध्यान जस्ता बिधीको प्रयोगले पनि सुधार ल्याउन सकिन्छ।

तथ्याकं अनुसार ८५ प्रतिशत आत्महत्या मानसिक रोगको कारण १० प्रतिशत,१५ प्रतिशत लागुपदार्थ दुव्यर्सनीले आत्महत्या गर्ने गरेको पाइन्छ। यसको साथै घरेलु हिंसा,साथीभाइको कारण, पारिवारिक कारण र व्यक्तिगत कारणले आत्महत्या गर्ने कारण हुन्। एकल पुरुष र एकल महिला, शिक्षित व्यक्तिबाटै बढी मात्रामा आत्महत्या गरेको पाइन्छ।

नेपालमा कोभिड १९ पछि २० प्रतिशत आत्महत्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा प्रति बर्ष ६ हजार जनाले आत्महत्या गर्छन् भने प्रति दिन १६ जनाले आत्महत्या गर्छन्। कोभिड १९ देखि यता पाँच महिनाको अवधिमा प्रति दिन २० जनाले आत्महत्या गरेको पाइएको छ।  

 

 

प्रकाशित: २६ भाद्र २०७७ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App