१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धरानमा चार प्रहरी र थुनुवासहित २१ जनालाई कोरोना संक्रमण

धरानमा चार प्रहरी र ५ जना थुनुवासहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय धरानमा कार्यरत एक जना सई र ३ जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको हो।  

डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार लागुऔषध मुद्दामा हिरासतमा रहेका २९, ३४ र २४ वर्षीयलाई संक्रमण पुष्टि भएको छ भने जवरजस्ती करणी मुद्दाका ४६ र ३५ वर्षीय थुनुवालाई पनि संक्रमण देखिएको छ।  

यसैगरि, धरान ४ का ३० वर्षीय पुरुष, धरान १५ का ४३ वर्षीय पुरुष, धरान ११ की ४४ वर्षीया महिला, धरान ६ की २७ वर्षीया महिला र धरान १३ को ४३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।  

धरानको वडा नं १९ मा डेरा गरि बस्ने भारतबाट आएका २९ वर्षका पुरुष र उनकी श्रीमती २४ वर्षीयालाई पनि संक्रमण देखिएको छ। ब्रिटिश आर्मी भर्तीको लागि तालिम लिन आएका धरान ७ मा तालिम केन्द्रका ४ जना युवाहरुमा पनि संक्रमण पुष्टि भएको छ। मेहताका अनुसार ती युवाहरु १९, २३ र दुई जना २० वर्षका छन्।  

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको फोहोर जलाउन इन्सिनेटरमा कार्यरत एक जना सरसफाईकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ। योसँगै धरानको कुल संक्रमित संख्या ३११ पुगेको छ।

प्रकाशित: २६ भाद्र २०७७ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App