१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा थप ४६ जनामा कोरोना संक्रमण

पाँच सुरक्षाकर्मी र एक वकीलसहित कपिलवस्तुमा एकै पटक ४६ जना कोरोना संक्रमित थपिएका छन्। यससंगै जिल्लामा संक्रमितको संख्या १२ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।  

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार कपिलवस्तु नगरपालिकामा २३ जना, मायादेबी गाउँपालिकामा १५, बाणगंगा नगरपालिकामा ६ र सुद्धोदन गाउँपालिकामा २ जना रहेका छन्। कपिलवस्तु नगरपालिका वडा नम्बर १ मा १३, २ मा तीन, ३ मा एक, ४ मा एक, ५, ६ मा दुई दुई जना र ७ मा एक जना थपिएका हुन। थपिएका ५ जना सुरक्षाकर्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुन।  

उता एक जना वकीलसहित १५ जना भने मायादेबीमा थपिएका छन्। कपिलवस्तु नगरपालिका र मायादेबी गाउँपालिका विद्यार्थी शिक्षक, कृषक, राजनीतिक दलका नेता, बैंकका कर्मचारी ब्यापारी गृहणी, लगायतका संक्रमित भएका हुन। बाणगंगा नगरपालिकामा थपिएका ६ जना भने भारतबाट काम गर्न आएका मजदुर हुन।  

सबै मजदुर वडा नम्बर ४ मा काम गर्ने र एक जना ९२ वर्षका पुरुष समेत रहेको फोकल पर्सन थापाले बताए। कोरोनाको अवस्थमा सुधार हुँदै गएको बेला जिल्लामा एकै पटक ४६ जना थपिए पछि भने फेरी त्रास बढेको छ। जिल्लामा अहिले सकृय संक्रमितको संख्या १ सय ५६ रहेको छ।

प्रकाशित: २५ भाद्र २०७७ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App