१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा सडेको अवस्थामा शव फेला

भक्तपुरको सुर्यबिनायक नगरपालिका ९ नलिन्चोक खत्री गाउँस्थित सानो खोल्साको किनारमा रहेको जंगलमा सडेको अवस्थामा एक जनाको शव फेला परेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक एसपी तारादेवी थापासहितको अनुसन्धान अधिकृतको प्रहरी टोली घटनास्थलमा पुगी हेर्दा खोलाको किनारमा रहेको अच्युत खत्रीको पाखोबारीमा टाउको र शरीरको भाग पूर्ण रुपमा सडेको अवस्थामा फेला परेको हो। शव सडेका कारण लिङ्ग छुट्याउन नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

कानुन बमोजिम घटनास्थल तथा शव जाँच प्रकृति मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव पोष्टमार्टमको लागि काठमाडौ मेडिकल कलेज दुवाकोट भक्तपुर पठाई अनुसन्धान कार्य भईरहेको परिसरले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। शवको हुलियाको बिवरण खुलाई सम्बन्धित अभिभावकसम्म सूचना पु¥याई अनुसन्धान कार्यमा सहयोग पु¥याईदिन समेत परिसरले अनुरोध गरेको छ।  

५ फिट ४ ईन्च उचाई, निलो जिन्स पाईन्ट, कालो भुईमा रातो धर्का भएको ज्याकेट, कालो टि सर्ट लगाएका अन्दाजी ३० वर्ष जस्ता देखिने शव फेला परेको प्रहरीले बताएको छ।

प्रकाशित: २३ भाद्र २०७७ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App