१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिका भवनमा गुणस्तहीन निर्माण सामाग्री प्रयोग गरिएको आशंका

छत भत्केको स्थानलाई ढाकछोप गर्न छतको पलस्टर गर्दे मजदुर।

देवताल गाउँपालिका ४ मा निर्माण भैरहेको गाउँपालिका कार्यालयको भवन निर्माण गर्दागर्दै ठाउँठाउँबाट भत्किएको छ। दुई महिना अघि मात्रै ढलान गरिएको छत निर्माणमा कमसल सामग्री प्रयोग भएकोले ठाउँठाउँबाट भत्किएको स्थानीयले आरोप लगाएका छन्।

२०७६ जेठ मसान्त भित्रमा कार्यालय भवन निर्माण गर्नको लागि २०७५ माघ ६ गते नवल किशोर पण्डित अध्यक्ष रहेको उपभोक्त समितिसँग श्रमदातसहित करिब ९७ लाख सम्झौता गरेको देवताल गाउँपालिकाले जनाएको छ।  

सम्झौता गरिएको भन्दा एक बर्ष ढिलो गरेर  ढलान गरिएको कार्यालयको भवनमा गएर हेर्दा गुणस्तरहीन निर्माण समाग्री प्रयोग गरेको पाइएको स्थानीय सुरेश साहले बताए।  

तलबाट छल हेर्दा कतै ढलानमा प्रयोग डण्डी देखिन्थ्यो भने कतै कम सिमेन्ट प्रयोग गरेर ढलान गरिएको भागहरु देखिने गरेको साहको भनाइ छ।

स्थानीयहरुले गुणस्तरहीन निर्माण समाग्री छत ढलानमा प्रयोग गरेको देखेपछि   ढुंगा र बासले तलबाट छलमा  हान्दा छलबाट ढलानमा प्रयोग गरिएको निर्माण समाग्रीहरु भत्केर खसेको साहले जानकारी दिए।

छतबाट निर्माण समाग्री भत्केर खस्केको प्रमाणसहित छतमा गुणस्तरहिन निर्माण समाग्री प्रयोग गर्ने कार्यमा संलग्न रहेकाहरुलाई कारवाही गर्न सम्बन्धीत निकायहरुमा लिखित जानकारी समेत गराएको साहले बताए।

कार्यालय भवन निर्माण गर्नको लागि  गाउँपालिका अध्यक्ष चन्दन सिँह योजना शाखा प्रमुख अभिनन्दन साह र सब ईन्जिनियर औलिक महम्द लगाएतकाले नवलकिशोर पण्डितको अध्यक्षतामा उपभोक्त समिति बनाएर त्यस कामलाई कमिसनमा ठेकेदारलाई बेचेको आरोप साहले लगाए।

उपभोक्ता समितिबाट ठेकेदारले कमिशनमा काम किनेर गराउँदा बढी नाफा लिने र कमिसन दिने कारणले कार्यालयको भवनमा गुणस्तर हित निर्माण समाग्री प्रयोग गरिएको साहले बताए।

कमिशनको लोभमा भवनको छल ढलान कार्यमा कम गुणस्तरको  निर्माण समाग्री प्रयोग गरेर छत ढलान गरिएको घटनाको बिरोध शुरु भएपछि  त्यसलाई ढाकछोप गर्न अहिले छतको पलास्टर गर्ने कार्य समेत गराइएको साहको आरोप छ।

कार्यालय भवन निर्माणमा पटक पटक गरि एक करोड जति खर्च गरिए पनि खर्च रकम पारदर्शी नरहेको उनले आरोप लगाए।

आर्थिक बर्ष २०७५÷७६ मा कार्यालय भवन निर्माणको लागि गाउँ सभाले ९० लाख र गत आर्थिक बर्ष २०७६÷७७ मा ७५ लाख नगर सभाले बिनियोजन गरेको देवताल गाउँपालिकाको योजना शाखाले जनाएको छ।

देवताल गाउँपालिका प्रमुख चन्दन सिँहले भवनको निर्माण कार्यमा गुणस्तरहीन निर्माण समाग्री प्रयोग गरिएको र छलको ढलान भत्केको जानकारी आएपछि त्यसको बारेमा बुझन प्राबिधिकलाई खटाएको बताएका छन्।

गाउँपालिकाका सव ईन्जिनियरबाट छतको ढलान भत्केर खसेको  हल्ला मात्रै भएको  जानकारी आफूलाई पाएको सिँहले बताए।

गाउँपालिका कार्यालयको भवनमा गुणस्तरहिन निर्माण समाग्री प्रयोग नगरेको दाबी समेत सिँहले गरे।

छलबाट भत्केर निर्माण समाग्री कसरी खस्यो भन्ने प्रश्नमा अध्यक्षले सिँहले जसले छलबाट निर्माण समाग्री भत्काए उनीहरुलाई उनीहरुलाई नै सोध्न भन्दै पन्छिए।

आर्थिक बर्ष २०७५÷७६ मा ९० लाख बिनियोजित बजेटमध्ये ६० लाख र बर्ष २०७६÷७७ मा ७५ गरिएको बिनियोजित मध्ये २५ लाख गरेर अहिलेसम्म ८५ लाख खर्च भएको अध्यक्ष सिँहले बताए।

देवाताल गाउँपालिकाबाट गरिदै आएको भवन निर्माण , सडक ढलान, माटोपुरी ग्रेभल लगाएतको विकास निर्माणको कार्यलाई उपभोक्ता समिति बनाएर त्यो कामलाई ठेकेदारलाई २० देखि २५ प्रतिशन कमिसनमा बिक्री गरिदै आएको आरोप अर्का स्थानीय विकास सिँहले लगाएका छन्।

ठेकेदारहरुले उपभोक्ता समितिबाट खरिद गरेका योजनाबाट प्राप्त कमिशन रकमलाई  गाउँपालिका अध्यक्ष चन्दन सिँह योजना शाखा प्रमुख अभिनन्दन साह र सब ईन्जिनियर औलिक महम्द लगाएतकाले लिने गर्दा अधिकाँश योजनाहरु गुणस्तरहिन र कम टिकाउ हुने गरेको सिँहले बताए।

प्रकाशित: २० भाद्र २०७७ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App