१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वीपीमा विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विराटनगरका एक कोरोना संक्रमित महिलाको निधन भएको छ। विराटनगर ११ की ४३ बर्षीया महिलाको हिजो शुक्रबार साँझ साढे ६ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ।

 प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक महिला विराटनगरको न्युरो हस्पिटलबाट बिहिबार रिफर भएर आएकी थिइन्। उनलाई बिहिबार कोभिड १० पुष्टि भएपछि न्युरोले वीपी पठाएको थियो। मृतक महिला शुक्रबार १० बजेर ४३ मिनेटमा वीपीमा भर्ना भएकी थिइन्।

प्रवक्त डा.निदेश सापकोटाका अनुसार मृतकलाई श्वासप्रश्वासमा कठिन थियो भने ३ दिनदेखि पेट र छाती दुख्ने समस्या थियो। यस्तै, विगत ४ बर्षदेखि उनलाई उच्च रक्तचाप पनि भएको उनले जानकारी दिए। मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ। योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितहरुको संख्या २२ पुगेको छ।

प्रकाशित: २० भाद्र २०७७ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App