१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्यापछि टाउको र खुर्पा बोकेर प्रहरी कार्यालय पुगे युवक

प्रतिकात्मक तस्वीर

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १३ मा एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरेका छन्। स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई विहिबार बेलुका खुर्पाले हानेर हत्या गरेका हुन्। सामान्य विवाद हुदाँ गुरुङको घरभन्दा केही पर सडकमा हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए।  

हत्या गरिएका युवकले परियारको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि आएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए। ‘सामान्य विवाद हुदाँ खुर्पाले हानेर हत्या गरी राति १ बजेतिर प्रहरी कार्यालयमा आइपुगेको थियो,’ एसपी रेग्मीले भने, ‘घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्नेछ।’ 

प्रकाशित: १९ भाद्र २०७७ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App