१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इटहरीमा सय बेडको आइसोलेसन तयार हुँदै

इटहरीमा सय वेडको आइसोलेसन निर्माण हुने भएको छ। कोरोना संक्रमित घरमै आइसोलेसनमा बस्ने बाध्य भएपछि निर्माण हुने भएको छ।  इटहरी वडा नं. ९ स्थित रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाँडै सञ्चालनमा ल्याउने गरि काम भइरहेको छ। आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ।  

अहिले यहाँ खानेपानी, विद्युतलगायतका विभिन्न निकायहरुको सहयोगमा खानेपानी र विद्युतीकरणको कार्य भइरहेको छ। आइसोलेसन निर्माण र सञ्चालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसस्था र दाताहरुसँग सहयोगको आग्रह गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ।  

आइसोलेसन सचालनका लागि प्रमुख  द्वारिकलाल चौधरीको अध्यक्षतामा मुल ब्यवस्थापन समिति निर्माण गरिएको छ। यस्तै, वडाध्यक्ष भूपेन्द्र वरालको संयोजकत्वमा वडाध्यक्ष चन्द्र भट्टराई, दिपक गौतम, शिवनारायण चौधरी, मणिराम श्रेष्ठ र कार्यपालिका सदस्य गौरी परियार, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, महासचिव पिताम्वर पोखरेल र उपमहानगरका कर्मचारी महेश सुवेदी सदस्य सचिव रहेको उपसमिति गठन गर्ने निर्णय भएको छ।  

आइसोलेसनका लागि उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य संघको तर्फवाट तीन महिनाका लागि खाद्यन्न समाग्री सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे। गोर्खा वेलफेयरले पाँचसय लिटर क्षमताको पानी टंयाङ्की जडान गरि दिएको छ।

प्रकाशित: १५ भाद्र २०७७ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App