१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुल्जार ठमेलमा कोरोनाले ल्याएको मौनता

कोरोना महामारीका कारण देशका सबै क्षेत्र प्रभावित छन्। कोरोनाको सुरुवातमै पर्यटन क्षेत्र निकै अप्ठ्यारोमा पुग्यो।  महामारीका कारण उद्योग व्यवासय ठप्प छन्। उद्योग, कलकारखाना, स्कुल कलेज तथा विश्वविद्याल, सिनेमा हलहरु बन्द छन्। करिब चार महिनाको लकडाउन पछि केहि चहलपहल सुरु भएको देशको प्रमुख पर्यटकीय केन्द्र ठमेल जारी निधेषाज्ञाले झन् ठप्प छ।  

सरकारले लकडाउन खुकुलो गरेसँगै यसअघि ठमेल क्षेत्रमा केहि चहलपहल भएपनि अहिले निषेधाज्ञाले पूर्ण रुपमा सुनासान छ।

कुनै बेला मध्यरातसम्म चहलपहल हुने ठमेल अहिले चकमन्न छ। १५ वर्षदेखि ठमेल क्षेत्रमा मजदूरी गर्ने नविन आचार्य– ‘ठमेलसँग मेरो दैनिकी जोडिएको छ। १५ वर्ष भयो मैले ठमेलमा भारी बोकेको, अहिले सम्मै नियति भोग्नु परेको छ।’  

कोरोना महामारीले आफूहरु जस्तो विहान बुलेकी काम गरिखानेका लागि निकै मुस्किल भएको उनी बताउँछन्।

दोस्रो चरणको निषेधाज्ञा पछि ठमेलका पसल, होटल र रेष्टुरेन्टहरु बन्द छन। ठमेलमा एकाध मात्रै अत्यावश्यकका सवारी मात्रै गुडेको देखिन्छ।  सामान्य अवस्था भइदिएको भए ठमेल यतिबेला पर्यटक आगमनसँगै रौनक बेग्लै हुन्थ्यो।  

यसअघि लकडाउन खुकुलो पारे पनि कोरोना भाइरस संक्रमण फैलिएसँगै ठमेलमा सञ्चालित पसल र रेष्टुरेन्टहरु बन्द भएको व्यवसायी सागर खड्का बताउँछन्।  

‘केहि पसल खुले पनि कोरोना त्रासका कारण मानिसहरु गएनन्। भाडा तिर्न नसकेर व्यवासायीहरुले घरबेटीलाई साँचो बुझाउने योजनामा छन्’, उनी भन्छन्, ‘केहि व्यवासायीले त समान अन्यन्त्रै सार्न बाध्य भएका छन्। अहिले ब्यवसायीहरु पलायन हुने क्रम बढ्दो छ।’

ठमेल पुरानै लयमा फर्कन धेरै समय लाग्ने र त्योबेलासम्म ब्यवसाय नै बन्द गरेर अन्यत्र लाग्नुपर्ने अवस्था आउने उनको भनाई छ।  

यहि अवस्था लामो समयसम्म रहिरहे पर्यटन क्षेत्रसँगै जोडिएका व्यवसायको लगानी डुब्ने र हजारौ पर्यटन मजदुर पलायन हुने संकेत गर्छन, उनी।

भाडा महंगो भएकोले लकडाउन खुकुलो भएर अन्य स्थानको व्यवसाय सुचारु भए पनि ठमेल क्षेत्र चलायमान हुने देखिदैन्। ठमेलका अधिकांश व्यवसाय विदेशी पर्यटकमा नै निर्भर भएकोले स्थिति सामान्य नभएसम्म सम्भव देखिदैन्।  

लकडाउन पछि पनि मठेल सामान्य अवस्था फर्कन समय लाग्ने ठमेलमा १० वर्षदेखि पानी बेच्दै आएका पूर्ण राई बताउँछन्। उनले ठमेल आसपासको क्षेत्रमा गाडीमा पानी बेचेर मनग्य कमाउँथे। लकडाउन पछि ठमेल सबै पसलहरु बन्द भए पछि आफ्नो व्यवासाय पनि घाटामा गएको राई बताउँछन्।  

‘पहिले ठमेलमा ३ ४ गाडी बिक्रि हुन्थ्यो। अहिले दुई पैसा भईहाल्छ कि निस्एिको हूँ, राई विलौना गाउँदै भन्छन्, ‘हामी जस्ता श्रमिकलाई बिहान बेलुकी छाक टार्न मात्रै पाए हुन्थ्यो भन्ने छ। लामो समयसम्म यस्तो अवस्था हुने हो व्यापार हुँदैन। ‘खाद्यन्न पसल पनि खुलेका छैनन्। गाडीको तेल खर्च पनि ओत्न मुस्किल हुन्छ।’

ठमेलमा ट्राभल एजेन्सी, ट्रेकिङ्ग, रेष्टुरेन्ट, नाइट क्लब पनि छन्। त्यस्तै, सामान्यदेखि पाँचतारेसम्मका होटलहरु पनि छन्। वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुरेन्टजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू थलिएका छन्।  

ठमेलमा एक रेष्टुरेन्टमा ५ वर्षदेखि काम गर्दै आएका दिलिप मगरले तलब नपाएको ४ महिना भयो। उनी भन्छन्– ‘रेष्टुरेन्टमा सञ्चालन गर्न पाएको छैन्। चीनमा कोरोना संक्रमण हल्लासँगै ठमेलमा पनि असर परेको थियो। जब नेपालमा पनि लकडाउन सुरु भयो त्यसपछि त झन ठप्पै छ। काम गर्न पाएको भए यतिबेला तलब थापिन्थ्यो।’  

मगर एक प्रतिधिपात्र मात्रै हुन्। ठमेलका होटल तथा रेष्टुरेन्टमा मजदुर गर्ने सयौंले काम गर्न पाएका छैनन्। पर्यटन व्यवसायी केही आशावादी भए पनि पछिल्लो समय देशमा कोरोना संक्रमित ह्वात्तै बढेपछि अब पर्यटन क्षेत्र अनिश्चितता तिर धकेलिएको पर्यटन व्यवसायीहरु बताउँछन्। 

प्रकाशित: १५ भाद्र २०७७ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App