२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

निषेधाज्ञा हटाउने निर्णय गरेकै दिन गोरखामा १२ संक्रमित थपिए

जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्र एवं जिल्लाका सरोकावालाहरुको बैठकले भदौ १५ गतेबाट गोरखा जिल्लामा निषेधाज्ञा हटाउने निणर्य गरेको दिन गोरखामा १२ जना कोरोना संक्रमित थपिएका छन्।  

गोरखा नगरपालिका वडा नम्बर १३ का ३ महिला र सात पुरुष सहित वडा नम्बर १० छेवेटार र वडा नम्बर ८ रानिबनका एक÷एक जना पुरुषलाई पनि कोरोना पुष्टि भएको हो।  

आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सिसिएमसीको बैठकले भदौ १ गतेदेखि सुरु भएको निषेधाज्ञा तत्कालका लागि हटाउने निर्णय गरेको थियो। बैठकले सोमवारबाट बजार, बित्तिय संस्था, निजी सवारी साधन संचालन गर्ने निर्णय गरेको छ। सरकारी कार्यालयमा यसअघि रोकिएको सेवा पनि सुचारु हुनेछ। ब्यूटिपार्लर, सैलुन, जिमहल, कवर्डहल होटल तथा रेष्टुरेन्ट संचालन गर्न नपाईने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए।  सिमा नाकामा नियमित कडाई गर्ने र आउजाउ गर्ने ब्यक्ति र सवारी साधनको अभिलेख राख्ने निर्णय भएको छ।  

उद्योग तथा कलकारखाना संचालन गर्न दिने, अन्तर जिल्ला  मल, दाना, कुखुरा, औषधी, फलफुल तथा तरकारी अत्यावश्यक बस्तु र बिरामी बोकेका सवारी मात्र आउजाउ गर्न पाउने प्रजिअ भट्टराईले बताए।  

निषेधाज्ञा हटाउने निर्णय गरेकै दिन नगरक्षेत्रमा कोरोना संक्रमित बढेपछि गोरखा नगरपालिका र  सबै वडा कार्यालयको सेवा बन्द गरिएको छ। नगरप्रमुख राजनराज पन्तले सुचना जारी गर्दै १० देखि १४ सम्मका वडा सिल गर्ने र अन्य वडाबाट पनि सोमवारदेखि सेवा नदिने बताए।  

‘थप कन्ट्याक्ट ट्रेसिङ गरेर स्थितिलाई समान्य अवस्थामा ल्याउन अर्को सुचना नभएसम्म गोरखा नगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालयको सेवा बन्द रहने ब्यहोरा नगरबासीमा अनुरोध छ’ नगरप्रमुख पन्तद्वारा जारी सुचनामा भनिएको छ।

प्रकाशित: १५ भाद्र २०७७ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App