१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तिलोत्तमा नगरपालिकाले भन्यो, सोह्रश्राद्ध ‘भर्चुअल’ माध्यमबाट गर्नू

कोरोना कहर

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोनाको जोखिम बढेको भन्दै सोह्र श्राद्धलाई अनलाइन माध्यमबाट गर्न गराउन आग्रह गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोह्र श्राद्ध गर्ने गराउने काम अनलाइन (भर्चुअल)माध्यमबाट गर्न आह्वान गरेको हो।  

एकजना पुरोहितले एकै दिन धेरै ठाँउमा श्राद्ध गराउनु पर्ने अवस्था रहेको र त्यसले कोरोना संक्रमणको जोखिम बढाउने भएकाले प्रविधिको प्रयोग गरी विधुतीय माध्यमबाट श्राद्ध गर्न आग्रह गरिएको हो। त्यसका लागि आपसमा सरसल्लाह गरी तयारी गर्न पुरोहित तथा सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेक, इष्टमित्र बन्धुवान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्रै सामेल हुन पनि आग्रह गरिएको छ।  

विभिन्न संस्कार,धर्म पुजा आजा श्राद्ध जस्ता धार्मिक र सांस्कृतिक परम्पराको जर्गेना गर्नु सबैको कर्तब्य भए पनि ती कार्य गर्दा कोरोना संक्रमणको जोखिम निम्तन सक्ने अवस्था प्रतिसचेत रहन भनिएको छ।  

जन्म,न्वारन,बिवाह,ब्रतबन्ध,मृत्यु संस्कारमा पारिवारिक तथा सामाजिक जमघट काम गरी कोरोना संक्रमणको जोखिम घटाउन आह्वान गरिएको छ। हरेक वर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने सोह्रश्राद्ध अर्थात पितृपुजन यो वर्ष भदौ १७ बाट सुरु हुँदैछ।

प्रकाशित: १३ भाद्र २०७७ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App