१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश २ का शिक्षा तालिक केन्द्रको कार्यक्रम नै ठप्प

कोरोना अस्थायी अस्पताल सञ्चालनमा गरिएको प्रदेश २ को शिक्षा तालिम केन्द्रको भवन।

कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको प्रदेशिक शिक्षा तालिक केन्द्रको भवनमा सञ्चालन  गरिएको अस्थायी कोरोना अस्पतालको कारणले गर्दा तालिम केन्द्रको कार्यक्रम नै ठप्प बनेको छ।

अस्थायी कोरोना अस्पतालको कारणले तालिक केन्द्रका कर्मचारी र प्रशिक्षकहरु बसेर काम गर्न नसकिने अवस्था आए पछि प्रदेश २ कै शिक्षकहरुको प्रशिक्षण प्रभावित बनेको हो।  

बाल विकासदेखि माध्यमिक तहसम्मका शिक्षकहरुलाई विभिन्न खाले प्रशिक्षण दिने प्रदेश २ कै एक मात्र शिक्षा तालिक केन्द्रको भवनमा जेठ १६ गते देखि  अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ ।

कलैया जिल्ला अस्पताललाई कोरोना अस्पतालको रुपमा परिणत गरिए पछि सर्वसाधारणले अन्य रोगको उपचार  नपाएको भन्दै त्यसको विरोध सुरु भएको थियो। स्थानीय तहका प्रमुख देखि राजनितिक दलहरुले बिरोध गरे पछि जेठ ४ गते बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कलैया अस्पतालको विकल्पमा कलैया उपमहानगरपालिका–५ मा रहेको पुरानो सिँचाई कार्यालयको भवनमा कोरोना अस्थायी अस्पताल सञ्चालनमा गर्ने निर्णय गरेको थियो।  

सिँचाई कार्यालयमा अस्थायी कोरोना अस्पताल सञ्चालन गर्नको लागि लागि आवश्यक पर्ने पुर्वधारहरु निर्माण नभएसम्मको लागि तत्काल तालिक केन्द्रकै भवनमा अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सिँचाईमा अस्थायी कोरोना अस्पताल लैजाने अवस्था नरहेको बताएका छन्।

सिँचाई कार्यालयको पुरानो भवनहरुको मर्मत र नयाँ भौतिक पुर्वधारहरुको निर्माण गर्न एक करोड जति खर्च लाग्ने अवस्थाले गर्दा तालिम केन्द्रमा नै अस्थायी कोरोना अस्पताललाई निरन्तरता दिन खोजिएको प्रजिय पण्डितले बताए।  

अस्थायी कोरोना अस्पताल सञ्चालनले गर्दा तालिम केन्द्रको कार्यक्रम प्रभावित बनेको भन्ने प्रश्नमा प्रजिय पण्डितले तालिम केन्द्रको पूर्व तर्फको भवनहरुबाट कार्यक्रम सञ्चान गर्नु पर्ने सुझाव दिए।

सिँचाई कार्यालयको भवनबाट अस्थायी कोरोना अस्पताल सञ्चालन गर्नको लागि  आवश्य पर्ने पूर्वधार निर्माणको खर्च कलैया उपमहानगरपालिका र प्रदेश सभा सदस्यले व्यहोर्ने निर्णयसमेत गरिएको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय पछि जेठ १६ गते देखि तालिम केन्द्रको पश्चिम पट्टिको भवनमा ५० बेडको आइसोलेसन सेन्टर बनाएर अस्थायी कोरोना अस्पताल सञ्चालनमा गरिएको थियो।

तालिम केन्द्रको भवनमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा रहेकाले अहिले प्रदेशका शिक्षकहरुलाई प्रशिक्षन दिने कार्यक्रम पूर्ण रुपले ठप्प बनेको शिक्षा तालिम केन्द्र, प्रदेश २ कलैयाका प्रमुख गोपाल कडेलले बताएका छन्।

अन्य प्रदेशहरुले अनलाईन तालिम सञ्चालन गरे पछि हामीले अनलाइन तालिक समेत सञ्चालन गर्न नसकिने अवस्थामा रहेको कडेलले गुनासो गरे ।

प्रशिक्षकहरु बस्ने क्वाटरमा डाक्टरहरु बस्ने क्वाटर बनाइएकोले तालिक केन्द्रमा बस्न ठाउँको अभाव भएकोले प्रशिक्षकहरुलाई अनलाइन तालिक पनि शुरु गर्नमा समस्या भएको उनले बताए।

शिक्षकहरुको पेशागत विकास, प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास, निजामति सेवाका राजपत्र अंगकित प्रथम श्रेणी प्राबिधिक सहायकहरुको एक महिने सेवा कालिन लगाएतको तालिकहरु दिने कार्यहरु गरिदै कडेलको भनाइ छ ।

चालु आर्थिक बर्षमा प्रदेशका  ४५ सय जति शिक्षकहरुलाई  बिभिन्न खाले तालिम दिने कार्यक्रम रहे पनि त्यो सबै प्रभावित हुने अवस्था आएको गुनासो उनले गरे।

अन्य कुनै पनि  प्रदेशिक तालिक केन्द्रमा अस्थायी कोरोना अस्पताल सञ्चालन सञ्चालनमा नरहे पनि प्रदेश २ को तालिक केन्द्रमा कोरोना अस्पताल सञ्चालनमा गरिएको  उनले बताए।

प्रकाशित: १२ भाद्र २०७७ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App