१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीय प्रशासनको आग्रहमा डा. केसीले गरे सत्याग्रह स्थागित

जुम्लामा सत्याग्रह बस्ने तयारी गरिरहेका डा. गोविन्द केसीले पुनः एक साता पछि सत्याग्रह बस्ने बताएका छन्।  मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आफ्ना माग पूरा गराउनका लागि सरकारलाई दवावका लागि एक साताका लागि बस्ने भनिए पनि स्थगित गरिएको जनाए। बिहीबार एक विज्ञप्ति जारी गर्दै डा केसीले प्रशासनको विशेष आग्रहमा एक साताका लागि सत्याग्रह स्थगित गरेको जानकारी दिएका हुन्।  

विभिन्न माग राखी डा केसीले भदौ ११ गतेदेखि सत्याग्रह गर्ने घोषणा गरेका थिए। ’स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेका छौ,’ डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

सरकारले आफूहरूसित गरेको सम्झौता कार्यान्वयन गर्न तथा जायज माग पूरा गर्न   कोरोना महामारीको वहाना बनाइरहेको आरोप लगाउँदै डा. केसीले अर्बौं भ्रस्टाचार र घोटाला गर्न तथा सत्तारुढ दलका नेताहरुबीच कुर्सीका लागि हानथाप गर्न महामारीले नछेकेको तर आफूहरूका मागप्रति सरकार संवेदनशील नभएको बताए।  आफू बसेको स्थलबाट बाहिर जान प्रहरी र सशस्त्र प्रहरी लगाएर बलपूर्वक रोकिएको समेत बताएका छन् ।  

डा. केसी बसेको रोयल गार्डेन होटलमा पत्रकारलाई समेत जान निषेध गरिएको थियो। त्यो क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको हो।

प्रकाशित: ११ भाद्र २०७७ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App