८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गृहको गोप्य सर्कुलरः पुजारी हत्याको विरोधमा उत्रनेलाई कारबाही गर्नू

गृह मन्त्रालले रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्नहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै सुरु भएको प्रदर्शन रोक्न  देशभरका जिल्ला प्रशासन कार्यालयलाई गोप्य सर्कुलर जारी गरेको छ। मन्त्रालयले पुजारीको हत्यामा सलग्नहरुलाई खोजेर कारबाही गर्न आदेश दिनुको साटो पुजारी हत्याको विरोध गर्नेहरुलाई नियन्त्रण गर्न प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिएको हो।  

 

यो पनि पढ्नुहोस्

पुजारी हत्या विरोधमा आन्दोलनको चेतावनी

 

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक र सबै जिल्ला प्रशासन कार्यालयलाई गोप्य सर्कुलर जारी गर्दै पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ । देशका विभिन्न ठाउँमा पुजारीको हत्यामा संलग्नलाई अबिलम्ब पत्ता लगाइ कारबाही गर्न माग गर्दै प्रदर्शन भइरहेको जानकारी आएको भन्दै घटनालाई लिएर जिल्लामा हुन सक्ने विरोध प्रदर्शनमा संलग्नलाई कानुनी दायरामा ल्याउन आदेश दिएको हो। 

विभिन्न हिन्दुवादी समूहले पुजारी हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै विभिन्न ठाउँमा विरोध जनाएका छन्।

प्रकाशित: ११ भाद्र २०७७ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App